काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक बस्दैछ। आज बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाउनेछ।
एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने मोटोमोटी गठबन्धन दलमा सहमतl भइसकेको छ। यद्यपि, दलहरुले अझै कुन कुन मन्त्रालय कसले लिने भन्ने टुंग्याउन सकेका छैनन्।
मन्त्रालय कम र पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएकाले एकीकृत समाजवादीमा पनि मन्त्री टुंग्याउन कठिन देखिएको छ। यस्तै एकीकृत समाजवादी पार्टीभित्र मन्त्रालय भागबन्डाको विषयलाई लिएर असन्तुष्टि पनि देखिएको छ।
‘स्वभाविक रुपमा जुन हिसाबले मन्त्रालय भागबन्डा भनिएको छ त्यसमा हाम्रो असन्तुष्टि रहेको छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘यस विषयमा आजको स्थायी कमिटीको बैठकमा पनि छलफल होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।