काठमाडौं- क्रियाशील विवादलाई लिएर लामो समयदेखि केन्द्रीय कार्यालयमा अनसन बसिरहेका बारा र रौतहटका कार्यकर्ताबारे वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले सभापति शेरबहादुर देउवाको पुन: ध्यानाकर्षण गराएको छ।
बुधबार बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा कार्यकर्ताको स्वास्थ्य बिग्रिएको बताउँदै माग सम्बोधन गर्न पौडेल पक्षले आग्रह गरेका हुन्।
अनसनरत कार्यकर्ता बिरामी पर्न लागेको पौडेलले सुनाउँदा देउवाले अस्पताल लगेर उपचार गर्नुपर्ने बताएका थिए। दशैंको बेलामा कार्यकर्ता अनसनमा राखेर नेताहरुले कसरी पर्व मनाउने भन्दै पौडेल पक्ष सभापतिप्रति रुष्ट देखिएको थियो।
पौडेल पक्षको आक्रोशपछि देउवाले बिहीबारसम्म ती जिल्लाको विवाद टुंग्याउने वचन दिएका छन्।
क्रियाशील सदस्यता विवादले अनसन बसेका कार्यकर्ताको माग सम्बोधन सिटौला कार्य दललाई थप समय दिने बैठकले निर्णय गरेको छ।
मन्त्रिमण्डल विस्तारबारे देउवाले बोलाएको बैठकमा उक्त विषयमा भने सहमति हुन् सकेन। पौडेलपक्षले ३ मन्त्रालय माग गरेपछि देउवाले दिन नसकिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।