फाइल तस्बिर
काठमाडौं- नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको पदाधिकारी तत्काल टुंगो लगाउन निर्देशन दिएको छ।
बुधबार बसेको स्थायी समिति बैठकले अखिल क्रान्तिकारीको अधिवेशन उद्घाटनमा देखिएको उत्साह अन्तिममा कायम हुन नसकेको भन्दै तत्काल पदाधिकारी टुंगो लगाउन निर्देशन दिएको स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले बताए।
अहिले अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहको मात्रै घोषणा भएको छ। अन्य पदाधिकारी घोषणा गर्ने भनिए पनि विवाद भएपछि रोकिएको छ। अखिल क्रान्तिकारी कार्यालय टिमले पदाधिकारी तत्काल टुंगो लगाउन निर्देशन दिएको हो।
अखिल क्रन्तिकारीको अधिवेशन उद्घाटन असोज १४ गते भएको थियो। १५ र १६ गते बन्दसत्र गरेर समापन गर्ने तयारी गरिएको थियो। तर, चार दिन ढिला हुँदासमेत अखिल क्रान्तिकारीको पदाधिकारी घोषणा हुन सकेको छैन।
संगठनको विधानविपरीत केन्द्रीय समिति थपेर पदाधिकारी सम्मानजनक ढंगले नराखेको भन्दै तत्कालीन कोषाअध्यक्ष केशव रावलपक्षले विरोध जनाउँदै आएको छ। रावलले महासचिव पद दाबी गरे पनि त्यसमा नअटाएपछि असहमति राखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।