फाइल तस्बिर।
काठमाडौं- सत्ता गठबन्धन दलमा रहेका शीर्ष नेताहरूले भोलि मन्त्रालय भागबन्डाको अन्तिम टुंगो लगाउने भएका छन्।
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दलहरुबीच मन्त्रालयको विषयमा मोटामोटी सहमति भएपनि अन्तिम टुंगो भोलि लाग्ने बताए। भोलि बिहान शीर्ष नेताहरुको बैठक बस्ने उनले जानकारी दिए।
‘विभिन्न मन्त्रालयमा दलहरुको आ–आफ्नो दाबी रहेको छ,’ उनले भने, ‘यसको अन्तिम टुंगो भोलि बिहान बस्ने शीर्ष नेताहरुको बैठकले लगाउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।