काठमाडौं- नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ।
बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै, बोधमाया यादवलाई भने राज्यमन्त्री बनाउने निर्णय भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए।
माओवादीको भागमा पाँच मन्त्रालय परेको छ। सो पार्टीका तर्फबाट यसअघि नै दुई जना मन्त्री बनिसकेका छन्।
माओवादीले पाउने बाँकी मन्त्रालय ठोस रुपमा टुंगो लागेको छैन। माओवादीले शिक्षा र स्वास्थ्यमध्ये एक मन्त्रालय, श्रम मन्त्रालय, भूमि सुधार युवा खेलकुल मन्त्रालय पाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।