• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

64x64
नेपाल लाइभ बुधबार, असोज २०, २०७८  १८:३३
1140x725

काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा उनले आवश्यक मत पाएका हुन्। राउतको पक्षमा ७७ मत परेको थियो। त्यस्तै, उनको विपक्षमा २३ मत परेको थियो। मतदानमा  १०० जना उपस्थित भएका थिए।

राउतलाई उनको दल जनता समाजवादी पार्टी, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले सघाएका हुन्। एकीकृत समाजवादीबाहेक अन्य दलहरु सत्ता साझेदारी गरिरहेका छन्। ती दलबीच केन्द्रमा समेत सत्ता गठबन्धन छ।

प्रदेश २ का १०७ सांसदमध्ये अहिले १०४ जना मात्रै छन्। सबैभन्दा ठूलो दल जसपासँग ३९, कांग्रेससँग १९, लोसपासँग १६, एकीकृत समाजवादीसँग १३, माओवादी केन्द्रसँग ८, एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीसँग १ जना सांसद छन्। यसमध्ये लोसपाका १५ र एमालेका ८ जनाले विपक्षमा मत दिएका हुन्।

असोज १३ गते प्रदेश २ को मन्त्रिपरिषद्ले विश्वासको मत लिन असोज २० गतेका लागि अधिवेशन आह्वानको लागि सिफारिस गरेको थियो। 

विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा केही दिनअघि मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको विषयले प्राथमिकता पाएको थियो। मुख्यमन्त्री राउतले सो कदमलाई संघीयतालाई बदनाम गराउने प्रयासको रुपमा चर्चा गरेका थिए। ‘नीति तथा कार्यक्रममा आएको होइन र बेटी बचाऊ बेटी पढाऊ भन्ने कार्यक्रम। तपाईं माननीयहरुलाई पनि जानकारी छ नि,’ उनले भने, ‘अहिले प्रदेश सरकारलाई बदनाम गराउन अनेक प्रयत्न गरिएको छ।’

Ncell 2
Ncell 2

राउतले आफूलाई विश्वासको मत दिन आफ्नो आलोचना गरिरहेका दलहरु एमाले तथा लोसपासँग पनि आग्रह गरेका थिए।

विपक्षी सांसदले भने अख्तियारका कारण होइन, मुख्यमन्त्रीका कारण संघीयता बदनाम भएको बताएका थिए। ‘संघीयता लौकाको कोपिला होइन,’ लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले भने, ‘मुख्यमन्त्री कार्यालयमा साइकल खरिदमा भएको अनियमितताको उजुरीका अधारमा अख्तियारको छापामारीले संघीयता गुम्दैन।’

लालबाबु राउत २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। त्यतिबेला संघीय समाजवादी फोरमका सांसद रहेका उनले राष्ट्रिय जनता पार्टीसँग मिलेर सरकारको नेतृत्व गरेका थिए। उनले फागुन १० गते विश्वासको मत लिएका थिए। त्यतिबेला उनले ८२ मत पाएका थिए। १०७ सांसद‌मध्ये १०० जना मात्रै उपस्थिति भएको मतदानमा उनको विपक्षमा १८ मत परेको थियो। त्यतिबेला वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रका सांसदले पनि राउतलाई मत दिएका थिए। नेपाली कांग्रेसले उनको विपक्षमा मत दिएको थियो

कालान्तरमा नयाँ शक्ति पार्टी र राष्ट्रिय जनता पार्टीसँगको एकतापछि जनता समाजवादी पार्टी गठन भयो। सो पार्टी पनि भदौमा विभाजन भएको छ। मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा मुख्यमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भएका कारण मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएका हुन्।

साढे तीन वर्षको अवधिमा प्रदेश २ को सरकारमा व्यापक फेरबदल आएको छ। जसपाको केन्द्रमा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री राउतले जेठ २३ मा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए। जेठ २६ मै उनले कांग्रेसका तर्फबाट तीन मन्त्री नियुक्त गरेका थिए। सरकारमा सहभागी हुनुअघि कांग्रेससँग दुई बुँदे सहमति गरिएको थियो। साथै, मन्त्रालय टुक्र्याएर १० पुर्‍याइएको थियो। साउन २ मा माओवादी केन्द्रका दुई मन्त्री पनि नियुक्त भएका थिए।

मुख्यमन्त्रीले विश्वासको मत लिएसँगै नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने तयारी छ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित)
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ?
सम्बन्धित सामग्री
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार काठमाडौँमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थित... मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) कांग्रेसले आज बुझाएको सूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलक... मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मदन-आश्रित प्रतिष्ठानको कार्यक्रममा  अध्यक्ष ओलीले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै  ‍प्रधानमन्त्रीमा हल्ला चल... मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
डा. शेखर कोइरालाले भने : ‘बरु हार्न तयार छौँ, निर्वाचनबाट भाग्दैनौँ’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्