• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्याडमा अल्झिएको ‘प्रगतिशील सोच’

64x64
धनु विश्वकर्मा बिहीबार, असोज २१, २०७८  ०८:३५
1140x725

भदौमा पनि हल्का झरी परिरहेथ्यो। रोमाञ्चित मौसम छँदैथियो, आफूलाई भने परीक्षाको चटारो। यो चटारो पन्छाएर मन बहलाउने एक जना छन्, जोसँग माया, प्रेम, गुनासो, बहस, वादविवाद हुन्छ। जुनसुकै विषयमाथि छलफल गर्न कुनै बाधा छैन। एक–अर्काका लागि एकदमै सहज छौँ।

प्रायः बिहान उनको फोन आउँछ। ‘जब चराहरूले ब्युँझाउँछन्, त्यसपछि तिम्रो आवाजले फुर्तिसाथ उठाउँछ। मेरो दिनको उदय तिमी हौ।’ अधिकांश यही वाक्य दोहोर्‍याउँछन्।

सम्बन्धमा कतै न कतै सन्देह पनि हुनुपर्छ भन्ने लाग्छ, मलाई। फोनवार्ताबाहेक हाम्रो भेटघाट पातलो छ। पछिल्लो समय त भेट भएकै छैन। यस्तो बेला सन्देह पनि हुन्छ र माया पनि बढ्छ।

उनी भनिरहन्छन्, ‘वर्षौँपछि भेट्दा पनि सम्बन्ध उस्तै रहोस्।’

एक दिन बिहानै उनको कलभन्दा पहिला मेसेज आयो। लेखिएको थियो, ‘ए सुन न, आजको परीक्षामा म पनि तिमीसँगै जान्छु, हस्?’

अनौठो लाग्यो। मेसेजको घण्टीले भदौरे झरीको पृथकतामा रौनकता थप्यो। परीक्षा नजिकिँदै गर्दा मसँग जाने भनेर उत्सुकता जनाइरहेका थिए। मैले पनि ‘हुन्छ’ भनेर सहमति जनाएको थिएँ।

‘हस्, चाँडै निस्कनू। एक्जाम सेन्टरमा बरु एक छिन बाहिरै बस्नु परोस्, ढिलो नहोस्,’ मैले जवाफ फर्काएँ।

परीक्षा र महिनावारीको समय एकैसाथ नजिकिएको थियो। तर, मैले महिनावारी हुने दिन याद गरेको थिइनँ। सधैँ उही समय नभइदिने, गडबड भइराख्ने। यस्तो भएपछि ख्याल राख्ने कुरा पनि भएन। महिनावारी भए पनि परीक्षा त दिनै पर्छ। काम गर्नै पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

परीक्षा दिउँसो १ बजेबाट थियो। परीक्षा केन्द्र ‘मदन भण्डारी मेमोरियल कलेज’मा थियो। परीक्षा केन्द्रमा आधाघण्टा अगाडि नै  पुग्नुपर्ने हुन्छ। तर, हामी भने साढे ११ बजे नै पुगेछौँ।

‘पारिपट्टि सियाँलमा बसेर कुरा गरौँ। यहाँ बाइकको आवाज र मानिसहरूको आवतजावत बढी छ। डेढ घण्टा छ, के उभिइरहनु?’ उनले भने।

उनको आग्रहलाई प्रेमिल शिरोपर गरी स्वीकृतिको मुन्टो हल्लाएँ। सियाँलमा पँलेटी कसेर बस्यौँ। म चाहिँ झोलाबाट किताब निकालेर पढ्न सुरु गरेँ। परीक्षाको मुखमा मात्र किताब रट्ने त बानी नै छ।

उनी भने मोबाइल चलाइरहेका थिए। फोन कल, भिडियो कलमा जस्तो भेटमा उनी धेरै बोल्दैनन्। 

‘आधा छकाल भइसक्यो, सियाँल टल्यो, ल त यतातिर आऊ।’

किताबसँग बगेकी मलाई उनको आवाजले निद्राबाट ब्युँझेजस्तो भयो। उनले चप्पल फुकालेर मलाई बस्नको लागि आग्रह गरेका थिए।

‘मोबाइल हेरेर पनि थाकिन्न है? तिमी प्रश्न सोध न, म उत्तर भन्छु,’ मैले भनेँ।

उनको अनुरोधलाई सहर्ष स्विकार्दै उनीतर्फ बढ्न जुरुक्क उठेँ। मलाई आफू महिनावारी भएको महसुस भयो। उभिएरै यसो झोला खोतलेँ। के पर्छ के भनेर महिनावारी नजिक आउँदा प्रायः प्याड बोकेर हिड्थेँ। तर, यसपटक त बिर्सिएँछु।

संयोग अनौठो पर्‍यो। पर्ससमेत लिन बिर्सेँछु।

‘ला... प्याड पनि बिर्सेको, पैसा पनि। पैसा भए प्याड किनेर ल्याइदेउन न। म त भर्खरै मिन्स भएँ,’ मैले भनेँ।

उनीसँग पैसा थियो, तर गमक्क परेर बसिरहे। केही बोलेनन्। बकुल्लाले झैँ मोबाइलबाट ध्यान हटाएनन्।

‘साँच्ची, भनेको म मिन्स भएँ के, प्याड ल्याइदेउ न यार।’

उनले फेरि नसुनेजस्तै गरे। जान्छु पनि भनेनन् जादिनँ पनि भनेनन्। बरु कुरालाई मोडिराखे, ‘आजको परीक्षा राम्रो गर्नुपर्छ है।’ यति भनिरहँदा उनको अनुहारमा मलिनता थियो। मानौँ, मिन्सका कारण परीक्षा राम्रो हुन्न। ‘बिटुलो भयो’ भन्नेजस्तो भाव अनुहारमा देखेँ। 

सायद, उनलाई लाज लाग्यो होला। फोन कल वा भिडियो कलमा पनि मिन्स भएको सुनाउँदा नसुने झैं गरी कुरा मोड्थे। हाम्रो समस्या उनलाई के थाहा भन्ने लागिरह्यो। तर, त्यस्तो बेला टेबलको पानी तानेर खानसमेत नसक्दा बेस्सरी सम्झिने उनैलाई हो। महिनावारी लज्जाको विषय हो भनेर ठान्ने उनको मानसिकताले पसल गएर प्याड ल्याउन रोकेको हुनुपर्छ। फेरि अविवाहित हुन्, संस्कारिक देखिनु पनि परेको होला। या उनलाई पनि पुरुष हुनुको अहंता थियो, सायद। 

म आफैँले हतार–हतार उनको सर्टको खल्तीमा भएको पैसा निकालेँ र पसल खोज्न भौतारिएँ। 

हाम्रो कुराकानी सबै विषयमा हुन्छ। हामी बहसमा एकले अर्कालाई महिला र पुरुष भनेर सायदै सोच्छौं, बस् हामी बलिया तर्कहरूको उत्खनन् गर्छौँ। उनी आफै शिक्षित छन् र बौद्धिक पनि। तर, मैले उनको बौद्धिकता र व्यवहार थाहा पाएँ। 

मेरो दिमागमा एउटा कुराले सधैँ रन्थनाउँछ– किन एक शिक्षित प्रेमीले आफ्नी प्रेमीकाको लागि सजिलै प्याड किन्न सक्ने सोचको विकास गर्न नसकेको होला? कि उसमा पितृसत्ताको अपढ पुरुष मानसिकता भएर हो? नत्र एउटा वस्तुमा कसरी उसको बौद्धिक आँखाले लाजको पसारो देख्यो त? पाचौँ जेनेरेसनको प्रविधि चलाउने र परिवर्तित सोचको एउटा जागरूग प्रगतिशील युवाले किन महिनावारीजस्तो गम्भीर विषयलाई लाज, अपराध र पाप देख्यो?

‘सुनन! परीक्षाको समय भयो! गेटमा निकै भिड छ, बरू हिँड उतै जाऊँ,’ मैले भनेँ।

महिनावारी भएँ भन्दा कानमा तेल हाल्नु, मुहारमा छेपारोले झैं रङ फेर्नु, पसलसम्म गएर प्याड किनेर ल्याउन नसक्नु उनको लाचारी थियो। उनको मौन उत्तर भनेको– प्रेमिका प्रिय छ, तर उसको प्राकृतिक प्रक्रिया अप्रिय छ।

महिनावारी भएँ भन्दा कानमा तेल हाल्नु, मुहारमा छेपारोले झैं रङ फेर्नु, पसलसम्म गएर प्याड किनेर ल्याउन नसक्नु उनको लाचारी थियो। उनको मौन उत्तर भनेको– प्रेमिका प्रिय छ, तर उसको प्राकृतिक प्रक्रिया अप्रिय छ।

महिनावारीको समय महिलाको शरीर झन् कमजोर हुन्छ, यस्तै बेलामा उनको साथ स्याहार, प्रेम पाउनुपर्ने हैन र? किन उनले यसलाई खुलेर मसँग कुरा गर्न सक्दैनन्। के यो घटनाप्रति पनि उनी मौन बसेरै बहिष्कार गरिराखेका छन्?

मैले आफ्नै प्रेमीलाई सम्झाउन सकेकी छैन? बुझाउन सकेकी छैन? के मलाई आफ्नै प्रेमीले बुझेका छैनन्?

मैले त आफ्नै परिवारको व्यवहार पनि बुझेको छैन।

घरमा मेरा दाइहरूका सुकाइएका लुगा मैले सहजै उठाइदिएको छु। तर, मेरा दाइहरूले कहिल्यै मेरा लुगा उठाएनन्। सुकिसकेको कपडा बरु भिज्न दिन्छन्, हेरेर बस्छन्। यस्तो पुरातनवादी समाजका सदस्य हामी भाषणमा भने प्रगतिशील सोचको रटान लगाउछौँ। तर, प्रगतिशील व्यवहार भने पटक्कै भेटिँदैन।

आज पनि समाजका कुसंस्कारको कुरा आउँदा हामी तत्काल बाआमालाई दोष दिन्छौँ। हामी भन्छौँ– म त मान्दिनँ, तर घरमा बुढा आमाबुवा छन्। यो एक सजिलो बहाना भएको छ। 

अचम्म लाग्छ, काठमाडौँ वा बजारमा रहँदा केही मतलब नराख्ने। गाउँ फर्किएपछि फेरि उही विभेदपूर्ण सोच दोहोरिहाल्छ। व्यक्ति स्वीकार गर्ने, उसको शारीरिक अवस्था नस्विकार्ने। मैले उनीसँग योबारे पटक–पटक बहस गरेकी छु।

सरकारले स्यानिटरी प्याडमा १३ प्रतिशत भन्सार लगाएको विरोधमा सामाजिक सञ्जालमा ‘रातो कर माफ गर’ भनेर आक्रोश पोखिनै राखेका छन्। यो विषसमा बहस भइरहेकै छ। अझै हुनुपर्छ। मैले पनि यही मौकामा प्याडका आवश्यकताबारे उनलाई बुझाएँ। तर, उनी प्याड शब्द उच्चारण गर्न पनि भारी मान्छन्। अझ बेतुकको तर्क गर्छन्– ‘किन कन्डमको विरोध गरेको?’

प्याड र परिवार नियोजनका साधन त नितान्त फरक छन्। महिनावारीलाई धर्म र संस्कारसँग जोडेर विभेद गरिएको छ। जसरी मेरो प्रेमीले प्याडलाई विभेद गरेका छन्। उनलाई यो मान्नै ग्राहो छ। साँच्चै अहिले उनको र मेरो सम्बन्धको बीचमा प्याडको पर्खाल आएको छ।

हुन त हामी एक अर्कालाई कमरेड भनेर सम्बोधन गर्छौं। उनी आफूलाई भौतिकवादी भन्न रुचाउँछन्। तर, यस्तो भौतिकवाद जो एउटा प्याडलाई पनि स्वीकार गर्न सक्दैन। यस्ता खाले क्रान्तिकारी साँच्चै मलाई आजकाल खोक्रो लाग्छ। उनको पनि के दोष? यही समाजका उपज हुन्। यही समाजमा हुर्के, यही संस्कारमा बढे। जे सिकाइयो त्यही सिके। 

महिला र पुरुषको कुरा आए उनी र म बारम्बार दुई खेमामा उभिएका छौँ। मेरो विद्रोह उनीसँग छ, अचेल। सम्बन्धमा दिन प्रतिदिन भइराख्ने यस्ता खालका अन्तरद्वन्द्वले के मोड लिने हो थाहा छैन। 

प्रिय कमरेड!

अब मानसिकता बदल्ने प्रयास गर। समय अझै तिम्रै पखाईमा छ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्