काठमाडौं- नेपाली कांग्रेस दोलखाको अधिवेशन सकिएको छ। बुधबार मतगणना सकिएपश्चात् सबै पदाधिकारी चयन गरिएको छ।
सभापतिका लागि मंगलबार भएको मतदानबाट बर्मा लामा निर्वाचित भएका थिए। दोस्रो चरणको निर्वाचनबाट लामा ८७७ मतसहित विजयी भएका हुन्। पुनः भएको मतदानमा कूल एक हजार ३७३ खसेको मत थियो। सभापतिमा पराजित तारा खड्काले ४८५ प्राप्त गरे। ११ मत बदर भएको थियो।
बुधबार अन्य पदाधिकारीको मत गणना सकिएको छ। उपसभापतिद्वयमा अर्जुन शिवाकोटी र छवि लामा विजयी भएका छन्। सचिवमा दावासाङ्गे शेर्पा र रञ्जितकुमार पाठक तथा सहसचिवमा हरिशरण शिवाकोटी र पासाङ शेर्पा विजयी भएका छन्।
यी हुन् नवनिर्वाचित पदाधिकारी
- सभापति- बर्मा लामा
- उपसभापति- छवि लामा र अर्जुन शिवाकोटी
- सचिव- दावासाङ्गे शेर्पा र रञ्जितकुमार पाठक
- सहसचिव - हरिशरण शिवाकोटी र पासाङ शेर्पा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।