काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रकाशमान सिंहलाई भेटका लागि डाकेका छन्।
प्रधानमन्त्री देउवा र सिंहबीच केहीबेर अघिदेखि बालुवाटारमा वार्ता भइरहेको बताइएको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सिंहलाई बोलाइएको बताइएको छ।
देउवाले आफ्नो पक्षबाट मन्त्रीहरु बनाइसकेका छन्। कांग्रेसका अर्को समूहलाई देउवाले तीन मन्त्रालय छुट्याएका छन्। कांग्रेसको भागमा अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला, बालबालिका र ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा परेको छ।
संस्थापनइतरबाट डा मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडु, तेजुलाल चौधरी लगायतको नाम चर्चामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।