काठमाडौं– गायक पदम राई र गायिका रचना रिमालको संयुक्त गायनमा रहेको गीत ‘सरकारी अड्डा’ सार्वजनिक भएको छ।
केन्द्र मोसन पिक्चर्स प्रालिले निर्माण गरेको गीतको भिडियोसहित बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत् सार्वजनिक गरिएको हो।
गीतमा शब्द डिपी खनालको रहेको छ भने संगीत दीपक शर्माले दिएका छन्। रिकेश गुरुङले एरेन्ज गरेको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन्।
गीतको भिडियोमा निश्चल बस्नेत र स्वस्तिमा खड्काले अभिनय गरेका छन्। निकेश खड्काले निर्देशन तथा परिकल्पना गरेको भिडियोलाई मानकृष्ण महर्जन र बुद्ध थापाले खिचेका छन्।
भिडियोको सम्पादन विकास धमलाले गरेका छन् भने यसमा रंग संयोजन राजेन्द्र मोक्तानको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।