काठमाडौं- सर्वोच्च अदातल बार एसोसिएसनले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अनुपस्थित भएका छन्।
दशैं, तिहार, छठको उपलक्ष्यमा बुधबार सर्वोच्च बारले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राणा अनुपस्थित भएका हुन्। स्वास्थ्यमा समस्या भएको भन्दै राणा अनुपस्थित भएका छन्।
बारको चियापानमा प्रधानन्यायाधीश उपस्थित भए आफूहरु उपस्थित नहुने केही वरिष्ठ अधिवक्ताहरुले सार्वजनिक घोषणा गरेको हल्लापछि राणा अनुपस्थित भएका हुन्।
सर्वोच्च बारको चियापानको निम्तो मान्न न्यायाधीशहरु अनिलकुमार सिन्हा, हरिप्रसाद फुयाँल, सपना प्रधान मल्ल, मनोज शर्मा र नहकुल सुवेदी पुगेका थिए। चियापानमा वरिष्ठ न्यायाधीशहरु दिपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ पनि उपस्थित भएनन्।
बारमा चियापान चलिरहँदा वरिष्ठ न्यायाधीशहरु दिपककुमार कार्की, हरिकृष्ण कार्की, इश्वर खतिवडा ,आनन्दमोहन भट्टराई लगायत न्यायाधीश मिरा खड्काको च्याम्बरमा बसेर छलफल गरिरहेका थिए। उनीहरुले अदालतको पछिल्लो अवस्था लगायत बारेमा छलफल गरेका थिए।
दशैं बिदा लगायतका विषयमा पनि छलफल भएको बारेमा पनि छलफल भएको सहभागी एक न्यायाधीशले बताए। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद श्रेष्ठलाई साक्षी राख्दै सर्वोच्च अदालत बारले चियापानको शुरुवात गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।