काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम र वरिष्ठ नेता अशोक राईलाई दिएको छ।
जसपाको आज बसेको कार्यकारिणी समिति बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न तीन नेतालाई जिम्मा दिएको कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए।
अहिले तीन शीर्ष नेताको बैठक जारी रहेको बताइएको छ।
जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले चार मन्त्री र एक जना राज्यमन्त्रीको कोटा पाएको छ। गठबन्धनका दलहरुले मंगलबार मन्त्रीमण्डलको भागभण्डा टुंग्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।