काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू पक्षधरको बैठक बोलाएका छन्। तर, यसअघि सिटौलापक्षमै रहेका नेता गगन थापालाई बोलाइएको छैन।
थापाले तेस्रो धारको नेतृत्व गरेका सिटौलालाई छोड्ने संकेत देखाएपछि उनलाई नबोलाइएको एक नेताले बताए। आफ्नो पक्षबाट मन्त्रीमा पठाउने नेताबारे सल्लाह गर्न सिटौलाले बैठक बोलाएका थिए।
सिटौलाले नेताहरु भीमसेनदास प्रधान, उमाकान्त चौधरी, प्रदीप पौडेल, शिव हुमागाईं लगायतलाई डाकेका छन्। विगतका बैठकमा थापालाई बोलाउन नछुटाउने सिटौलाले यसपटक निम्तो नगरेका हुन्।
थापाले महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन्।
दिउँसो १ बजेदेखि जमलमा उक्त समूहको बैठक जारी रहेको बताइएको छ। सिटौला पक्षबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तयारी गरिएको छ। मन्त्रिमण्डलमा कांग्रेसको कोटामा अब बाँकी तीनमध्ये एक जना सिटौला पक्षको भागमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।