काठमाडौं- लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पनि जनगणना गर्नुपर्ने भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपानिकट विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै उनीहरूले नाबि, गुञ्जी, कुटी, लिपुलेक र लिम्पियाधुरामा पनि सरकारले जनगणना गर्नुपर्ने माग गरेका छन्।
अहिले राष्ट्रिय जनगणना २०७८ चलिरहेको छ। जसअनुसार घरिपरिवार सूचीकरणको काम भइरहेको छ। तर, अहिलेसम्म जनगणना सुपरीवेक्षक उक्त क्षेत्र पुगेका छैनन्।
भारतले अतिक्रमण गरेको उक्त क्षेत्र नेपालले यसअघि नै नक्सामा समेटिसकेको छ। तर, भूमि फिर्ताका लागि भने भारतसँग कुनै पहल भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।