काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग भेटवार्ता गरेका छन्।
नेताद्वयबीच बुधबार सिंहनिवास चाक्सीबारीमा भेटवार्ता भएको हो।
भेटमा पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको नेता सिंहको सचिवालयले जनाएको छ।
‘विप्लव’ले पछिल्लो समय विभिन्न दलका शीर्ष नेतासँगको भेटघाटलाई तीब्रता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।