काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्।
मन्त्रिपरिषद्मा सहभागी हुने आफ्नो पक्षका मन्त्रीबारे छलफल गर्न बैठक डाकिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनका सन्दर्भमा पनि छलफल हुनेछ।
सिटौलाले आफूनिकट केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएका छन्। नेताहरू भीमसेन दास प्रधान, उमाकान्त चौधरी, प्रदीप पौडेल, शिव हुमागाईं लगायतलाई बोलाइएको छ।
सिटौला पक्षबाट चौधरी मन्त्री बन्ने करिब सहमति बनेको छ। सिटौला समूहको भागमा एक मन्त्री हुने बताइएको छ। सिटौला पक्षको बैठक जमलमा बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।