काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा बाराको महागढीमाई नगरपालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो।
बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरुलाई व्यावसायिक भइ कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तर्क्रियासमेत गरेको छ।
कार्यक्रममा मेगा बैंकका विभगीय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ सेवा सुविधा, बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपाय, बचत तथा ऋणको महत्त्वबारे जानकारी दिएका थिए।
उर्वर नेपालसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ। साथै, मेगा बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ। किसान कार्डमार्फत् कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीउ, मल, कीटनाशक औषधि लगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्ने छन्। किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरुलाई बैंकिङ तथा साना कर्जा कारोबार गर्न सहज र सरल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।