काठमाडौं– सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी समिति बैठक बोलाएको छ।
दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन बुधबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी बैठक बोलाइएको जसपा सांसद प्रमोद साहले बताए।
बैठक पार्टी कार्यालय बालकुमारीमा बस्दै छ। बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको टुंगो लगाउने साहले बताए। ‘मन्त्रीका आंकाक्षी धेरै छन्, कसरी कसलाई लाने बिषयमा बैठकलमा फाइनल डिसिजन हुन्छ’ उनले भने।
मंगलबार सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि जसपा अध्यक्ष उपेन्द यादवले बुधबार काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताएका थिए।
जसपाको यसअघिको बैठकले मन्त्रीहरुको टुंगो लगाउन पार्टीका अध्यक्षहरु यादव, बाबुराम भट्टराई र अशोक राईसहित तीन सदस्यलाई जिम्मा दिने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।