Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुशीला कार्कीमाथि महाभियोग मुद्दा : अवकाश पाएको ४ वर्षपछि फैसला सुनाउँदै सर्वोच्च

64x64
नेपाल लाइभ बुधबार, असोज २०, २०७८  १३:४०
1140x725

काठमाडौं- सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालको अन्त्यमा आएर महाभियोग खेप्नुपर्‍यो। तत्कालीन सत्तारुढ दलका सांसदहरुले उनीविरुद्ध संसद्‍मा महाभियोगको प्रस्ताव दर्ता गरेपछि उनी पदबाट स्वतः निलम्बनमा परिन्। यो बेग्लै हो कि लगत्तै सर्वोच्च अदालतले नै महाभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गर्‍यो र उनी प्रधानन्यायाधीशमा पुनर्वहाली भइन्। तर, त्यसपछि सर्वोच्चमा हाजिर भए पनि मुद्दा नहेरेरै उनले निवृत्त हुने बाटो रोजिन्।

यसरी कार्कीले प्रधानन्यायाधीशबाट अवकाश पाएको चार वर्षपछि बल्ल उनीविरुद्धको महाभियोगसम्बन्धी मुद्दाको फैसला सुनाउने मिति तय भएको छ। सर्वोच्च अदालतले यो मुद्दाको फैसला सुनाउने मिति तोकेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा रहेको यो मुद्दा गत असोज १३ गते अन्तिम सुनुवाइ गर्दै कात्तिक पहिलो हप्ता फैसला सुनाउने मिति तोकिएको हो। संवैधानिक इजलासले त्यसअघि रिट निवेदकसँग बहस नोट मागेको छ। यो मुद्दाको अन्तिम फैसलामा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले न्यायमूर्तिमाथि लाग्ने महाअभियोगको बारेमासमेत विस्तृत व्याख्या गर्नेछ।

सर्वोच्चले पटक-पटक महाअभियोगको दुरुपयोग भएको भन्दै सार्वजनिक रुपमासमेत असन्तुष्टि जनाउँदै आएको थियो। त्यही पृष्ठभूमिमा सर्वोच्चकै संवैधानिक इजलासले यससम्बन्धी व्याख्या गर्न लागेको हो।

तत्कालीन सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले कार्कीविरुद्ध २०७४ वैशाख १७ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्तालगत्तै तत्कालीन प्रधानन्यायाधीश कार्की निलम्वनमा परेकी थिइन्।

कार्कीले २०७३ असार २७ गते पहिलो महिला प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेकी थिइन्। महाअभियोग प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्‍जन सिंहले सार्वजनिक सरोकारको रिट दायर गरेपछि त्यसमा पहिलो सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले महाअभियोग प्रस्तावविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले प्रधानन्यायाधीश कार्कीलाई तत्काल पूर्ववत् अवस्थामा सर्वोच्च अदालतको काममा फर्काउन अन्तरिम आदेश जारी गर्दै महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएकोसमेत उल्लेख गरेको थियो। साथै प्रस्ताव अघि नबढाउन सरकार र संसद्‍का नाममा अन्तरिम आदेश पनि जारी गरेको थियो।

सर्वोच्चको यो आदेशले व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको टिप्पणीसमेत भयो।

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता थिए महाअभियोग प्रस्तावमा लगाइएका आरोप
तत्कालीन सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गरेको महाभियोग प्रस्तावमा कार्कीले न्यायालयमा गुटबन्दी गरेको आरोप लगाइएको थियो। कार्कीमाथि लगाइएका आरोप यस्ता थिएः

  • सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप हुनेगरी प्रहरी नियमावलीमा हुँदै नभएको प्रावधान उल्लेख गरेर सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने अधिकारमाथि हस्तक्षेप गरेको।
  • कार्यसम्पादन मूल्यांकनमा दोस्रो नम्बरमा रहेकालाई पहिलो र बढी अंक पाएका पहिलो नम्बरमा रहेकालाई दोस्रोमा रहेको भनेर तथ्यलाई तोडमोड गरी झुटो कुरा उल्लेख गरी फैसला गरेको।
  • न्यायालयको स्वतन्त्रता र स्वच्छतामा प्रश्न उठ्नेगरी बारम्बार आफूसमेत संलग्न भइ सर्वोच्च अदालतमा अन्य १९ जना न्यायाधीश हुँदाहुँदै सीमित न्यायाधीशलाई पटक-पटक राखेर इजलास गठन गरेको।
  • न्याय सम्पादनमा महत्त्वपूर्ण र पालना नगरी नहुने कार्यविधि कानुनको पालना नगरेको।
  • कानुनको मान्य सिद्धान्तको पालना नगरी विभिन्न आदेश र फैसला गरेको, न्यायालयमा गुटबन्दी गरेको।

एमिकस क्युरीको राय : महाअभियोगबारे व्याख्या गरौं
यो रिट दायर गर्ने निवेदक व्यक्ति बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको सदस्य नियुक्त भएपछि उनी बहसमा उपस्थित भएनन्। त्यसपछि उनको तर्फबाट अधिवक्ता पंकज कर्णले अघिल्लो पटक बहस गरेका थिए। यस पटकको बहसका क्रममा भने उनी उपस्थित हुन नसकेपछि सर्वोच्चले सीधै सरकारी वकिललाई आफ्नो कुरा राख्ने समय दिएको थियो। सरकारी वकिलले रिटको औचित्य समाप्त भएकाले खारेज हुनुपर्ने जिकिर गरेका थिए।

संविधानको प्रस्तावनामा न्यायालय स्वतन्त्र हुने कुरा गरिएको तर, कुनै एउटा मुद्दा विशेषलाई देखाएर महाअभियोग प्रस्ताव दर्ता गर्दा न्यायालयको स्वतन्त्रतामाथि आक्रमण हुन्छ कि हुँदैन भन्नेबारे पनि संवैधानिक इजलासबाट व्याख्या हुनुपर्ने उनको राय थियो।

तत्कालीन समयमा दलहरुका बीचमा सहमति भएर महाअभियोग प्रस्ताव दर्ता भएको र संसद्‍बाटै त्यो फिर्ता भइसकेकाले अब त्यसको औचित्य नभएको जिकिर सरकारी वकिलले गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारी पक्षपछि एमिकस क्युरीसँग राय लिइएको थियो। एमिकसको रुपमा नेपाल बारबाट सुनिलकुमार पोखरेल र कोमलप्रकाश घिमिरे रहेका थिए। घिमिरेले रिटको औचित्य समाप्त भएकाले जारी हुनसक्ने अवस्था नरहेको तर, महाअभियोगको बारेमा केही व्याख्या गर्न उपयुक्त हुने राय दिएका थिए। अर्का एमिकस सुनिलकुमार पोखरेलले रिटको प्रयोजन सकिएको र तत्कालीन प्रधानन्यायाधीश कार्कीले अवकाश पाएको भए पनि इजलासले चारवटा विषयमा ब्याख्या गर्नुपर्ने तर्क गरेका थिए।

उनले महाअभियोगको प्रस्ताव न्यायिक पुनरावलोकनको विषय हुन्छ कि हुँदैन? संविधानको धारा १०६ को निलम्वन हुने कुरामा ब्याख्या हुनुपर्ने हो कि होइन? निलम्वन हुने कुरा दर्ता भएपछि हो कि समिति बनेपछि? यो संसद्‍को अधिकार हो कि अदालतको हो? भनेर व्याख्या गरिनुपर्ने तर्क गरेका थिए।

संविधानको प्रस्तावनामा न्यायालय स्वतन्त्र हुने कुरा गरिएको तर, कुनै एउटा मुद्दा विशेषलाई देखाएर महाअभियोग प्रस्ताव दर्ता गर्दा न्यायालयको स्वतन्त्रतामाथि आक्रमण हुन्छ कि हुँदैन भन्नेबारे पनि संवैधानिक इजलासबाट व्याख्या हुनुपर्ने उनको राय थियो।

संसारभर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने अभ्यास नहुने भन्दै उनले के फैसला गर्‍यो भन्नेमा महाअभियोगको अर्थ नहुने तर्क गरे। न्यायाधीशलाई महाअभियोग लगाउने कार्य पैसा खाएको वा न्यायिक विचलनकोबाहेक फैसला गरेकै आधारमा नमिल्ने उनको दाबी थियो। भारतमा पनि बहालवाला प्रधानन्यायाधीश दिपक मिश्रमाथि महाअभियोग प्रस्ताव कंग्रेस आईले दर्ता गरेको, तर माथिल्लो सदनबाट दर्ता नै नगरी फिर्ता गरेको कुरा उदाहरण उनले इजलासमा पेस गरेका थिए।

यसरी महाअभियोगलाई सहज बनाउँदा अमुक दलले आफूले चाहेअनुसारको आदेश वा फैसला नगरेकै आधारमा महाभियोग प्रस्ताव दर्ता गरेर स्वार्थ पूरा गर्ने र फेरि फिर्ता लिने खेल मौलाउनसक्ने भन्दै उनले यसमा केही बन्देजसहितको व्याख्या हुनुपर्ने उल्लेख गरे। त्यसबेला प्रहरी प्रमुखसम्बन्धी मुद्दामा चित्त नबुझेर महाअभियोग प्रस्ताव दर्ता गरेको हो भने फैसला गर्ने पाँच न्यायाधीशमाथि नै महाभियोग लाग्नुपर्ने तर, एक जना प्रधानन्यायाधीलाई मात्र लाग्नु गलत भएको उनको तर्क थियो। उनले संसद्‍मा गएको महाअभियोग प्रस्तावमा अदालतले आदेश जारी गर्न मिल्छ कि मिल्दैन भनेर पनि न्यायिक व्याख्या हुनुपर्ने राय दिए।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्