काठमाडौं- ‘घाममा सुकाइदेउ’ गीतमार्फत् दर्शक-स्रोतामाझ चर्चामा आएका गायक समिर आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। गायिका स्वस्तिमा ढकालसँगको संयुक्त गायनमा आचार्यको ‘चकलेटी स्याउ’ बोलको गीत सार्वजनिक भएको हो।
अन्य गीतमार्फत् पनि निकै चर्चामा रहेका आचार्यको यो गीतले उत्तिकै चर्चा पाइरहेको छ। गीत सार्वजनिक भएको एक दिनभित्रै ट्रेण्डिङमा पुगेको छ।
आचार्य र ढकालको संयुक्त गायन रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् भने शब्द दिनेशराज पुरीको रहेको छ। मोहित मुनालले एरेञ्ज गरेको गीतलाई श्यामश्वेत रसाइलीले एरेञ्ज गरेका छन्।
गीतको भिडियोमा सागर लम्सालसँग प्रिन्सी र प्रिज्मा खतिवडा देखिएका छन्। शान थापाले निर्देशन गरेको गीतको भिडियो दर्शकलाई नचाउने किसिमको बनेको छ।
भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले यसको सम्पादन गरेका छन्। राजिभ समरको कोरियोग्राफीमा बनेको भिडियोमा लगानी मनोज बस्नेतको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।