काठमाडौं- सानिमा बैंक लिमिटेडले काठमाडौंको गोकर्णेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले मंगलबार उक्त शाखाको उद्घाटन गरे।
मेयर चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा ल्याएकोमा बैंकलाई बधाई ज्ञापन गरे। उनले सवल र विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमाको देशका सातवटै प्रदेशमा १०९ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।