काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ।
बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।