काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले थप तीन मन्त्रालय पाउने भएको छ।
मंगलबार घटबन्धनका घटक दलहरुको शीर्ष नेताको बैठकले यसबारे टुंगो लगाएको हो।
गठबन्धनमा भएको सहमति अनुसार माओवादी केन्द्रले अब कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालय पाउनेछ।
माओवादीबाट यसअघि नै अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल देउवा सरकारमा सहभागी छन्।
गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले यसबाहेक एक राज्यमन्त्री पनि पाउने माओवादी केन्द्रका एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।