काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनको क्रममा कार्यकर्ताहरुमा अपूर्व उत्साह र ऊर्जा थपिएको बताएका छन्।
काठमाडौं क्षेत्र नं ५ र नुवाकोट जिल्लाका वडा र गाँउ नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेस कार्यकर्तामा उत्साह र उर्जा थपिएको बताए।
यो उत्साह र ऊर्जाले आउदो चुनावमा नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले बिजयी गराउने संकल्प पूरा गर्न थप प्रेरित गरेको उनको भनाइ छ।
बधाई तथा शुभकामना कार्यक्रम पछि डा. महतले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ' सम्पूर्ण साथीहरुमा देखिएको उत्साहले नेपाली कांग्रेसलाई वैचारिक रुपमा सबल, संगठित,अनुशासित र लोकप्रिय बनाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतले विजयी बनाउने साझा संकल्प पूरा गर्ने आत्मविश्वास बढाएको छ।'
सह-महामन्त्री डा.महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा वडा , गाउँ / नगर, क्षेत्र र जिल्ला अधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका पदाधिकारी र क्षेत्रीय तथा महाधिवेशन प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।