काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन्।
परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुगेकी थिइन्। ट्वीटरमार्फत राजदूत यान्छीले परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएको जानकारी दिइन्।
भेटमा दुई देशका नेताहरुबीच भएको महत्वपूर्ण सहमति लागू गर्न र नेपाल–चीनबीच द्विपक्षीय सहयोगलाई बढवा दिनका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको उनले जानकारी दिइन्।
राष्ट्रसंघको महासभामा भाग लिएर फर्किएसँगै परराष्ट्रमन्त्री खड्कासँग चिनियाँ राजदूतले भेट गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।