काठमाडौं- नेकपा (एमाले)का सांसदहरुले मंगलबारको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेका छन्। सभामुखले सदनको कारबाही सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरू वेल घेराउ गर्न अघि बढेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले भने सभा नियमित प्रक्रियामा प्रवेश गरेर आफ्नो कुरा अनुरोध गरेका छन्। उनले नियमित अवरोध गरिरहँदा संसद्प्रति वितृष्णा बढ्न सक्नेमा सचेत गराएका छन्। उनले बैठक सञ्चालनमा सहयोगको अपेक्षा पनि गरेका छन्।
अहिले एमालेका सांसद्हरुले नाराबाजी गरिरहेका छन्। उनीहरुले 'कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन', 'यथास्थितिमा संसद् चल्न सक्दैन' लगायतका केही हप्तायता लगाइरहेका नाराहरु दोहोर्याइहेका छन्।
एमालेले गत भदौ २३ गतेदेखि सुरु भएको नवौं अधिवेशनदेखि प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरिरहेको छ।
अवरोधकै बीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७६/७७ प्रस्तुत गर्न समय दिएका थिए। मन्त्री कार्कीले प्रतिवेदन पेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।