फाइल तस्बिर
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी 'रिफ्रेसमेन्ट' का लागि चन्द्रागिरि पुगेकी छन्।
राष्ट्रपति भण्डारी सोमबार चन्द्रागिरी पुगेकी थिइन्।
परिवारका सदस्यसहित माइक्रोमा सवार भएर सोमबार साँझ पुगेकी राष्ट्रपतिले चन्द्रागिरि हिल्समा रात बिताएकी थिइन्।
मंगलबार विहान भालेश्वर मन्दिरमा पूजाअर्चना गरेसँगै खाना खाएर उनी शितल निवास फर्कने कार्यक्रम छ।
'हिजो साँझ तिर चन्द्रागिरि जानु भएको हो। यो उहाँको नितान्त पारिवारिक र व्यक्तिगत भ्रमण हो, अरु केही होइन। आज उहाँ फर्किनु हुन्छ' राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।