फाइल तस्बिर
काठमाडौं- १३औं संस्करणको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले अग्रता लिएको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको ३०औं मिनेटमा नेपालले अग्रता लिएको हो। नेपालका लागि सुमन लामाले गोल गरेका हुन्।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आजको सुजल श्रेष्ठको स्थानमा सुमनलाई मौका थिए। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले हराएको थियो ।
प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सविरुद्धको खेलमा नेपालले आज दुई खेलाडी परिवर्तन गरेको थियो। दीनेश राजवंशीको स्थानमा विशाल राई र सुजलको स्थानमा सुमनलाई मौका दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।