फाइल तस्बिर
काठमाडौं- १३औं संस्करणको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा खेलेका दुई खेलाडी परिवर्तन गरेका छन्।
प्रशिक्षक अल्मुताइरीले दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा स्थान दिएका छन्।
डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिनेछन्। अघिल्लो खेलमा रोहितले मिडफिल्डमा खेलेका थिए। गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा छन्।
मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईलाई साथ दिनेछन्।
आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा छन्। नेपालको गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्नेछन्।
राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै अंक तालिकाको शीर्षस्थानमा छ। नेपाल १ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ।
यता, भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ भने श्रीलंका र माल्दिभ्स अंकविहिन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।