• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३, २०८३ Sun, Jul 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्री बन्ने चर्चा : प्रधानन्यायाधीशसँग नाम जोडिएका दीपक तिमल्सिना को हुन्?

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  २०:४३
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग नाम जोडिएर फेरि एकपटक दीपक तिमल्सिना चर्चामा आएका छन्। विगतमा पनि विवादास्पद छविका कारण चर्चामा आउने  गरेका उनी यसपटक राणाको कोटाबाट मन्त्री बन्न लागेको भनेर चर्चामा आएका हुन्। 

दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा पुन:स्थापना हुने सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देववाले ३ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकिरहेको अवस्थामा प्रधानन्यायाधीश राणाले समेत मन्त्रिपरिषद्‌मा 'हिस्सा' खोजेको विषय एकाएक चर्चामा आयो। सत्तारुढ दल नेपाली कांग्रेसका नेता नै प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्‌मा हिस्सा खोजेको स्वीकार गरेका छन्। 

प्रधानन्यायाधीश राणाले आफ्नो पक्षबाट मन्त्री बनाइनुपर्ने भन्दै २ जना (गजेन्द्र हमाल र दीपक तिमल्सिना)को नाममा जोड दिएको विषय सार्वजनिक भयो। राणाले आफ्नो कोटाबाट मन्त्री बनाउन खोजेको भनिएका हमाल नेपाली कांग्रेसकै पुराना नेता हुन्। कांग्रेसका पूर्व सभापति स्व‍ सुशील कोइरालासँग राजनीतिक टक्कर परेपछि हमाल कांग्रेसको राजनीतिबाट टाढिएका थिए। 

तिमल्सिना भने सर्वोच्च अदालतमा भएका केही 'अनियमितता' र 'चलखेल'मा जोडिएर विवाद र चर्चामा आइरहने व्यक्ति हुन्। तिमल्सिना समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सिनाका भतिजो हुन्। उनी नेशनल ल कलेजमा पनि संलग्न छन्। 

तिमल्सिना २०६३ सालमा सर्वोच्चमा प्रवेश गरेका थिए। तत्कालीन समयमा उनका काका रामकृष्ण तिमल्सिना सर्वोच्चको रजिष्ट्रार पदमा कार्यरत भने दिलीपकुमार पौडेल प्रधानन्यायाधीश थिए। पौडेलले २०६४ भदौ २२ मा अवकाश पाए। पौडेलपछि केदारप्रसाद गिरी प्रधानन्यायधीश भए। 

काका रामकृष्णको विशेष जोडबलमा दीपकले सर्वोच्चमा 'सूचना प्रविधि विज्ञ'को रुपमा नियुक्ति पाए। त्यसपछि उनी सूचना प्रविधि महाशाखाको निर्देशक समेत भए। उनी सूचना प्रविधि महाशाखाको निर्देशक भएकै बेला अदालतका विकृति विसंगति छानबिन गर्न भनेर समिति गठन भएको थियो। 

समितिको प्रतिवेदनमा तिमल्सिनाको सूचना प्रविधि विज्ञको प्रमाणपत्रको बारेमा पनि प्रश्न उठाइएको थियो। तिमल्सिनाको प्रमाणपत्र नक्कली भएको भन्दै सर्वोच्चमा उजुरी समेत परेको थियो। तर, त्यतिबेला प्रतिवेदन सार्वजनिक गरिएन्। गिरीको अवकाशपछि प्रधानन्यायाधीश बनेका रामप्रसाद श्रेष्ठले सूचना प्रविधि विज्ञको प्रमाणपत्रको बारेमा तिमल्सिनासँग जवाफ मागे। उनले जवाफ दिएनन्, बरु राजीनामा दिएर हिँडे। 

राजीनामा दिएर सर्वोच्चबाट बाहिरिएका तिमल्सिना एकैपटक २०७१ असार २४ पछि फेरि सक्रिय हुन थाले। भ्रष्टाचार प्रकरणमा मुछिएर विवादित बनेका तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको समयमा उनी पुन: सक्रिय भए। २९ असोज २०७२ मा प्रधानन्यायाधीश साहले उनलाई पुन: सूचना प्रविधि विज्ञको नियुक्ति दिए। तर, कर्मचारी युनियन र अन्य न्यायाधीशले चर्को दबाब दिएपछि साहले उनलाई सर्वोच्चमा हाजिर गराउन सकेनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कर्मचारी युनियनका प्रतिनिधिहरुले त्यतिबेला प्रधानन्यायाधीश साहलाई भेटेरै तिमल्सिनालाई हाजिर गराइए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। त्यसपछि उनी सर्वोच्च आएनन्, तर प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारमा भने नियमित आउजाउ गरिरहन्थे। बालुवाटारमै 'हाजिर' लगाएर उनले सूचना प्रविधि विज्ञको तलब खाए। 

साहको अवकाशपछि २०७२ असार २३ मा प्रधानन्यायाधीशको रुपमा कल्याण श्रेष्ठ आए। श्रेष्ठले भने तिमल्सिनाको नियुक्तिलाई निरन्तरता दिएनन्। श्रेष्ठपछि प्रधानन्यायाधीश भएर आएका  सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्रले पनि उनलाई सर्वोच्चमा स्वागत गरेनन्।  

लामो समय सर्वोच्च बाहिर रहेका उनी २०७५ पुस १८ गते चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश भएपछि फेरि सक्रिय भए। साहको समयमा तिमल्सिना प्रेरणा देवी राज्यलक्ष्मी राणाको छाउनीस्थित २५ रोपनी जग्गा र घरको मुद्दा फैसला गराउन सक्रिय रहेको चर्चा चलेको थियो। संयोगले उक्त मुद्दामा रामकुमार शाह र चोलेन्द्र शमशेर राणाले नै फैसला सुनाएका थिए। 

राणा आएपछि तिमल्सिनाले औपचारिक रुपमा कुनै नियुक्ति पाएनन्। तर, भित्री रुपमा सक्रिय भएर 'मुद्दाको व्यवस्थापन'मा भने ठूलै भूमिका खेलेको सर्वोच्च अदालतका कर्मचारीहरु अप्रत्यक्ष रुपमा सुनाउने गर्छन्। 

प्रधानन्यायाधीश राणासँग तिमल्सिनाको अर्को 'व्यापारिक नाता' पनि छ। चोलेन्द्रका भाइ प्रभुशमशेर राणा र तिमल्सिना व्यावसायिक साझेदार रहेको बताइन्छ। भाइसँगकै व्यापारिक सम्बन्धले पनि प्रधानन्यायाधीश राणाले आफ्नो हिस्सा खोजेर तिमल्सिनालाई मन्त्री बनाउन चाहेको सर्वोच्च अदालत स्रोत बताउँछ। 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार
‘काँग्रेस सबै पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छ’-सभापति थापा
आज दुई संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
‘राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो’ : गगन थापा अर्थ सचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसल... शनिबार, साउन २, २०८३
विष्णु पौडेललाई साधारण तारेखमा छाड्न अदालतले दिएका यी चार आधार पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मन्त्री पदमा रहँदा पदको दुरुपयोग गरी व्यवसायीलाई लाभ पुर्‍याएको र अवैध धन लुकाउन... शुक्रबार, साउन १, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन आधार प्रस्तुत गर्दै पौडेललाई थुनामा राख्न वा धरौट... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
‘काँग्रेस सबै पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छ’-सभापति थापा आइतबार, साउन ३, २०८३
आज दुई संसदीय समितिको बैठक बस्दै आइतबार, साउन ३, २०८३
जलविरेमा दुई बस ठोक्किँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध आइतबार, साउन ३, २०८३
बाढीपहिरोले बिपी राजमार्ग र कान्ति लोकपथ बन्द आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ शनिबार, साउन २, २०८३
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह आइतबार, साउन ३, २०८३
सांसद खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ आइतबार, साउन ३, २०८३
प्रेमिकालाई बोलाइदिन माग गर्दै टेलिकमको टावर चढेका युवकको उद्धार आइतबार, साउन ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्