काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरेको छ। सोमबार सो पार्टीका कार्यकर्ताले जनपुरस्थित कार्यालयमा नाराबाजीका साथ घेराउ गरेका हुन्।
साइकल खरिदमा अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट गएको टोलीले गत बुधबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो।
मुख्यमन्त्री लालबाबु राउतद्वारा सञ्चालित 'बेटी बढाऊ, बेटी बचाऊ' अभियान अन्तर्गत खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि छापा मारिएको हो।
जनमत पार्टीका कार्यकर्ताहरुले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरुले भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।