काठमाडौं- पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ। सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि बिहान बाथरुममा छिरेका थिए। त्यही क्रममा बाथरुममै लडेर खत्रीको टाउकोमा चोट लागेको थियो।
अचेत अवस्थामा उपचारका लागि उनलाई नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषणा गरेको ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले जानकारी दिए।
घरेलु फुटबलका चर्चित रेफ्रीमध्येका ५० वर्षे खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए। उनले २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए।
पछिल्लो समय खत्री रेफ्री इन्स्ट्रकरका रुपमा सक्रिय थिए। उमेर हदका कारण २०१८ मा उनले फिफा रेफ्रीबाट अवकाश लिएका थिए।
उनले ए डिभिजन टोली थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए। उनका श्रीमती र एक छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।