samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीशले भने– कांग्रेस कार्यकर्तालाई मन्त्री बनाउन मैले कोटा माग्नु पर्छ र?

64x64
नेपाल लाइभ सोमबार, असोज १८, २०७८  १४:५१
1140x725

काठमाडौं– मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइ र त्यसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समेत जोडिएपछि अहिले न्याय क्षेत्र तरंगित बनेको छ। वहालवाला प्रधानन्यायाधीशले नै मन्त्रिपरिषद् विस्तारमा कोटा मागेको समाचार सार्वजनिक भएपछि सोमबार बिहानै सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरु प्रधानन्यायाधीश राणालाई भेट्न सर्वोच्च पुगे। 

कार्यालय समय सुरु हुने बेला आकस्मिक समय मागेर सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल लगायतले प्रधानन्यायाधीश राणासँग भेट गरे। 

भेटवार्ताको सुरुमै बारका प्रतिनिधिले मन्त्रिपरिषद् विस्तारमा कोटा मागेको विषयमा जिज्ञासा राखे। प्रधानन्यायाधीश राणाले 'यस्ता समाचारहरु आइरहन्छन्, यस्ता विषयमा म धेरै वास्ता गर्दिनँ' भनेर पन्छिन खोजे। 

बारका प्रतिनिधिले व्यक्तिको नाम नै तोकेर समाचार आइरहेको र त्यो संयोग वा आलोचना गर्ने विषय मात्रै नहोला नि? भनेर पुन: प्रश्न गरे। त्यसपछि राणा त्यो विषयमा थप कुरा गर्न तयार भए। 

बारका प्रतिनिधिसँगको कुराकानीमा राणाले आफू मन्त्री बनाउने जिम्मेवारीमा नरहेको, र अदालत कसैलाई मन्त्री बनाउने निकाय नभएको बताए। 'म कसैलाई मन्त्री बनाउने जिम्मेवारीमा छैन। न यो मन्त्रीपरिषद् बनाउने थलो हो,' राणाको भनाइ थियो, ‘कसलाई मन्त्री बनाउने भन्ने कुरा प्रधानमन्त्रीको अधिकार हो। संविधानले को मन्त्री हुन्छ, को हुँदैन भनेर योग्यता नै तोकेको छ। म कसरी सिफारिस वा कोटा भन्न सक्छु र ?’ 

Ncell 2
Ncell 2

प्रधानन्यायाधीश राणाले मन्त्रीका लागि प्रधानन्यायाधीशले कोटा मागेको भन्ने चर्चा गराएर न्यायपालिकामाथि प्रहार गर्ने काम भइरहेको टिप्पणी पनि गरे। यसरी आउने समाचारले स्वतन्त्र न्यायपालिकालाई विवादित गराउने उल्लेख गर्दै राणाले ती समाचारहरुको खण्डन गर्न सचिवालय र सर्वोच्च प्रशासनलाई निर्देशन दिएको सुनाए। 

राणाले समाचारमा उल्लेख गरिएका नामको विषयमा पनि कोट्याए।  ‘सञ्चारमाध्यममा आएका समाचार मैले पनि पढेँ। १ जना दीपक तिमल्सिना र अर्को गजेन्द्र हमाललाई मन्त्री बनाउन कोटा खोजिएको भनेको रहेछ,' राणाको भनाइ थियो, 'हमाल त कांग्रेसकै कार्यकता हुन्। मैले किन मन्त्री बनाउन कोटा माग्न पर्‍यो र?’ राणाले हमालको बारेमा आफूलाई जोड्न नहुने भन्दै बचाउ गरे। 

'गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि। उनीसँग मलाई जोड्न पर्छ र ? उनलाई मैले बनाउनुपर्छ र !, मैले बनाएर बन्ने हुन्छ र ?’ 

तर, कोटा मागेको समाचारको विषयमा प्रधानन्यायाधीश राणा रक्षात्मक देखिएको भेटवार्तामा सहभागी एक प्रतिनिधिले सुनाए। 'प्रन्याज्यू रक्षात्मक देखिनुभयो। उहाँले व्यक्तिको नाम लिएर त्यो मान्छे त फलानो पार्टीको कार्यकर्ता हो भन्नु आवश्यक नै थिएन। उहाँले भन्नुभयो,' ती प्रतिनिधिले भने। 

को हुन् हमाल ? 
गजेन्द्र हमाल पुराना कांग्रेस नेता हुन्। तर, अहिले उनी कांग्रेसमा सक्रिय छैनन्। बरु हिन्दु राष्ट्र र राज संस्थाको आन्दोलनमा सक्रिय रहेका छन्। हमालसँग राणाको नजिकको नाता सम्वन्ध  रहेको छ। राणाका भाइ प्रभु शमशेरसँग उनी व्यवसायिक साझेदार भएको पनि बताइन्छ। 

कांग्रेस बाँकेका पूर्व सभापति रहेका हमाल तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई निर्वाचनमा हराउन लागि परेका थिए। तर, कोइरालालाई हराउन असफल भएपछि उनी कांग्रेसबाट टाढिँदै गए। उनका एक भाइ सुरेन्द्र हमाल अहिले कांग्रेसको प्रदेश सांसद रहेका छन्। 

प्रधानन्यायाधीशले मन्त्री बनाइनुपर्ने भनेर 'कोटा' माग गरेको भनेर चर्चामा आएका अर्का व्यक्ति दीपक तिमल्सिना सर्वोच्च अदालतकै पूर्व 'कर्मचारी' हुन्। सर्वोच्चको आइटी (सूचना प्रविधि) डिपार्टमा काम गरेका भनिएका उनी त्यहाँको एउटा 'अनियमितता'मा पनि मुछिएका थिए। पछिल्लो समय उनी न्याय क्षेत्रका एक 'प्रभावशाली विचौलिया'का रुपमा चिनिन्छन्।  

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, आइतबार पुनः बस्ने
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा
गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश
सम्बन्धित सामग्री
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, आइतबार पुनः बस्ने शुक्रबारदेखि सुरु भएको बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने गरी टुङ्ग्याइएको हो। शुक्रबार, चैत ६, २०८२
गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश पार्टी उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् ।  उनले  राजीनामा अस्वीकृत गर्ने प्रस्त... शुक्रबार, चैत ६, २०८२
कांग्रेसको निष्कर्ष :  विपक्षीको ‘भावनात्मक नारा’ चिर्न नसक्नु हारको कारण पार्टीको प्रारम्भिक समीक्षा प्रतिवेदनमा निजी क्षेत्रको विकास, वैदेशिक रोजगारीको बाध्यता र गैर आवासीय नेपालीहरूसँगको सम्बन्धका बारेमा... शुक्रबार, चैत ६, २०८२
ताजा समाचारसबै
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, आइतबार पुनः बस्ने शुक्रबार, चैत ६, २०८२
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश शुक्रबार, चैत ६, २०८२
कांग्रेसको निष्कर्ष :  विपक्षीको ‘भावनात्मक नारा’ चिर्न नसक्नु हारको कारण शुक्रबार, चैत ६, २०८२
कानून पेशा अहिले ठगीको पेशा भइसक्यो : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्