• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोनाले थलिएको भृकुटीमन्डप खुलाबजार दशैँमा तङ्ग्रिँदै

64x64
धनु विश्वकर्मा मंगलबार, असोज १९, २०७८  ०७:०५
1140x725

काठमाडौँ– केशव सुवेदीलाई गएको हप्ताको शनिबार कामको चटारो थियो। अहिले उनलाई खेती भित्र्याउने महिना जस्तै भ्याइनभ्याई छ। तर, उनी किसान होइनन्। भृकुटीमन्डपस्थित खुलाबजारका कपडा व्यापारी हुन्।

उनी ग्राहकबाट घेरिएका छन्। कपडा देखाउने र मोलमोलाई गर्ने काममा बढेको छ। दशैँ नजिकिएसँगै किनमेल गर्नेको भिड शहरमा जताततै देखिन्छ। शनिबार सुवेदी एकातिर ग्राहकलाई कपडा देखाइरहँदा अर्कोतिर पातलो ज्याकेट सोध्न आउनेलाई जवाफ दिन भ्याएकै थिएनन्।

दशैँको बेला काठमाडौँबाट बाहिरी जिल्ला जानेहरु कतिपयले उपहारका लागि र कतिपयले आफ्नै लागि किनमेल गर्छन्। काठमाडौंमै बस्नेहरु पनि दशैँकै छेक पारेर किनमेल गर्नेको संख्या धेरै हुन्छ। त्यही कारण बजारमा भिडभाड बढेको छ।

सुवेदी भन्छन्, ‘अस्ति अस्ति बोनी हुन पनि गाह्रो हुन्थ्यो, अहिले त खाना खाने फुर्सद् पनि छैन। ग्राहकको भिड छ। यता सामान निकाल्यो, उता मोलमोलाई गर्‍यो। बिहानदेखि साँझसम्म बोल्नु पर्दा त हैरान हुन्छ। तर, आफ्नो कामै यही हो।’

कोरोना महामारीका कारण डेढ वर्षदेखि ठप्प व्यापारले यस पटकको दशैँमा गति लिएको छ। असोजअघि दैनिक चारदेखि पाँच हजार मात्र व्यापार हुन्थ्यो। अहिले बीसदेखि पच्चीस हजारसम्मको व्यापार हुने उनी बताउँछन्। ‘अब फेरि कोरोनाको अर्को लहर नआए व्यापार पहिलाको जस्तै हुनसक्छ। सबै क्षेत्र खुला भएपछि आम्दानीको बाटो खुलेको छ,’ उनी भन्छन्, ‘मान्छेहरुसँग पैसा भयो भने न किनमेल पनि हुने हो।’

भृकुटीमन्डप खुलाबजारकी अर्की व्यापारी हुन्, सुनिता मगर। महिलालाई आवश्यक पर्ने सामग्री बेच्ने गर्छिन्। उनको पसलमा पनि उस्तै भिडभाड छ। खाना खान डेरा जान भ्याउन छाडेकी छिन्। श्रीमान् नै खाना लिएर आउँछन्। पसलमा श्रीमान्ले पनि सघाउने गरेका छन्।

उनी भन्छिन, ‘आजभोलि ग्राहकले गर्दा सुत्ने फुर्सद् पनि छैन। कमाइ गर्ने मौका यही हो। लकडाउनले डामाडोल बनाएको व्यापारमा दशैँको कारण राहत मिलेको छ।’ सामान्य अवस्थामा भन्दा यति बेला तीनदेखि चार गुणाले व्यापार बढेको उनी बताउँछिन्। यो बेला घाम, पानी, भोक, तिर्खा, प्यास, थकाइ नभनेर व्यापार गर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उता शिशिर शर्मा दशैँमा ग्राहकसँग मोलमोलाई गर्दागर्दा साँझसम्ममा थाकिने बताउँछन्। ‘सामान निकाल्यो, मोलमोलाई गर्‍यो, थन्कायो। अनि फेरि निकाल्यो। हाम्रो काम नै यही हो,’ उनी भन्छन्, ‘यति बेला नै हो हाम्रो लागि किसानले जस्तै बाली उठाउने बेला। अरु समय त फाट्टफुट्ट ग्राहक आउने हो।’

भृकुटीमन्डपमा उनको फेन्सी पसल छ। कुर्ती, लेगिज, सर्ट, टि–सर्ट, पाइन्ट, कुर्ता सुरुवाल लगायत तयारी पोसाक बेच्छन्। पसलमा उनलाई उनकी दिदीले सघाउँछिन्। दशैँको बेला पसलमा दुई जना नभए भ्याउन नसक्ने उनी बताउँछिन्।

यस पटक दशैँपछि तिहारको बेला पनि व्यापार बढ्ने उनको अनुमान छ। दुई वर्षदेखि दशैँमा किनमेल हुन नसकेकाले पनि यो वर्ष व्यापार बढेको हुनसक्ने शर्मा बताउँछन्। उनी भन्छन्, ‘अब कोरोनाको डर बिस्तारै हटेको छ। अघिल्लो वर्षको दशैँ मनाउनै पाइएन। त्यस कारण पनि मान्छे किनमेलमा निस्किएका छन्। अब व्यापार पुरानै अवस्थामा फर्किने आशा छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खुला व्यापार हुने भृकुटीमन्डपबाहेक काठमाडौँका असन, रत्नपार्क, सुन्धारा, न्युरोडमा पनि भिडभाड बढेको छ। ललितपुरको बालकुमारी बस्ने चन्द्रिका तामाङ सानो बच्चा बोकेरै किनमेलको लागि असन आएकी छिन्। असनमा सामान सस्तो हुने र छनौट पनि गर्न पाइने उनी बताउँछिन्। तर, उनी कपडा किन्न भृकुटीमन्डप पनि पुग्छिन्।

उनले परिवारका सदस्यहरुका लागि लुगा किनिदिइन्। भृकुटीमन्डपमा सामान सस्तो पाइने उनी बताउँछिन्। ‘सबैले ठूला मलमा गएर सामान किन्न सक्दैनन्। त्यसैले हाम्रा लागि खुलाबजार नै किनमेल गर्ने उचित ठाउँ हो,’ उनी भन्छिन्।

उमेरले ६ दशक नाघिसकेका नारायण प्रसाईं दम्पती पनि कपडा किन्न काँडाघारीदेखि भृकुटीमन्डपस्थित खुलाबजार आएका छन्। अरु ठाउँभन्दा यहाँ सामान सस्तो पाइने प्रसाईं बताउँछन्। ‘यहाँ मोलमोलाई गर्न मिल्छ, रोजेको सामान पाइन्छ,’ उनी भन्छन्, ‘जता सस्तो सामान पाइन्छ ग्राहक त्यतै जाने हो, हामी पहिलादेखि नै किनमेलका लागि यहीँ आउछौँ।’

खुलाबजारमा भिडभाड बढेपछि व्यापारी उत्साही छन्। खोपको सहजतासँगै मान्छेमा डर पनि हराउँदै गएको उनीहरुको बुझाइ छ। अब चाडबाडपछि पनि बजार पहिलाको जस्तो नखस्कने उनीहरु आशा व्यक्त गर्छन्।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्