• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोनाले थलिएको भृकुटीमन्डप खुलाबजार दशैँमा तङ्ग्रिँदै

64x64
धनु विश्वकर्मा मंगलबार, असोज १९, २०७८  ०७:०५
1140x725

काठमाडौँ– केशव सुवेदीलाई गएको हप्ताको शनिबार कामको चटारो थियो। अहिले उनलाई खेती भित्र्याउने महिना जस्तै भ्याइनभ्याई छ। तर, उनी किसान होइनन्। भृकुटीमन्डपस्थित खुलाबजारका कपडा व्यापारी हुन्।

उनी ग्राहकबाट घेरिएका छन्। कपडा देखाउने र मोलमोलाई गर्ने काममा बढेको छ। दशैँ नजिकिएसँगै किनमेल गर्नेको भिड शहरमा जताततै देखिन्छ। शनिबार सुवेदी एकातिर ग्राहकलाई कपडा देखाइरहँदा अर्कोतिर पातलो ज्याकेट सोध्न आउनेलाई जवाफ दिन भ्याएकै थिएनन्।

दशैँको बेला काठमाडौँबाट बाहिरी जिल्ला जानेहरु कतिपयले उपहारका लागि र कतिपयले आफ्नै लागि किनमेल गर्छन्। काठमाडौंमै बस्नेहरु पनि दशैँकै छेक पारेर किनमेल गर्नेको संख्या धेरै हुन्छ। त्यही कारण बजारमा भिडभाड बढेको छ।

सुवेदी भन्छन्, ‘अस्ति अस्ति बोनी हुन पनि गाह्रो हुन्थ्यो, अहिले त खाना खाने फुर्सद् पनि छैन। ग्राहकको भिड छ। यता सामान निकाल्यो, उता मोलमोलाई गर्‍यो। बिहानदेखि साँझसम्म बोल्नु पर्दा त हैरान हुन्छ। तर, आफ्नो कामै यही हो।’

कोरोना महामारीका कारण डेढ वर्षदेखि ठप्प व्यापारले यस पटकको दशैँमा गति लिएको छ। असोजअघि दैनिक चारदेखि पाँच हजार मात्र व्यापार हुन्थ्यो। अहिले बीसदेखि पच्चीस हजारसम्मको व्यापार हुने उनी बताउँछन्। ‘अब फेरि कोरोनाको अर्को लहर नआए व्यापार पहिलाको जस्तै हुनसक्छ। सबै क्षेत्र खुला भएपछि आम्दानीको बाटो खुलेको छ,’ उनी भन्छन्, ‘मान्छेहरुसँग पैसा भयो भने न किनमेल पनि हुने हो।’

भृकुटीमन्डप खुलाबजारकी अर्की व्यापारी हुन्, सुनिता मगर। महिलालाई आवश्यक पर्ने सामग्री बेच्ने गर्छिन्। उनको पसलमा पनि उस्तै भिडभाड छ। खाना खान डेरा जान भ्याउन छाडेकी छिन्। श्रीमान् नै खाना लिएर आउँछन्। पसलमा श्रीमान्ले पनि सघाउने गरेका छन्।

उनी भन्छिन, ‘आजभोलि ग्राहकले गर्दा सुत्ने फुर्सद् पनि छैन। कमाइ गर्ने मौका यही हो। लकडाउनले डामाडोल बनाएको व्यापारमा दशैँको कारण राहत मिलेको छ।’ सामान्य अवस्थामा भन्दा यति बेला तीनदेखि चार गुणाले व्यापार बढेको उनी बताउँछिन्। यो बेला घाम, पानी, भोक, तिर्खा, प्यास, थकाइ नभनेर व्यापार गर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2

उता शिशिर शर्मा दशैँमा ग्राहकसँग मोलमोलाई गर्दागर्दा साँझसम्ममा थाकिने बताउँछन्। ‘सामान निकाल्यो, मोलमोलाई गर्‍यो, थन्कायो। अनि फेरि निकाल्यो। हाम्रो काम नै यही हो,’ उनी भन्छन्, ‘यति बेला नै हो हाम्रो लागि किसानले जस्तै बाली उठाउने बेला। अरु समय त फाट्टफुट्ट ग्राहक आउने हो।’

भृकुटीमन्डपमा उनको फेन्सी पसल छ। कुर्ती, लेगिज, सर्ट, टि–सर्ट, पाइन्ट, कुर्ता सुरुवाल लगायत तयारी पोसाक बेच्छन्। पसलमा उनलाई उनकी दिदीले सघाउँछिन्। दशैँको बेला पसलमा दुई जना नभए भ्याउन नसक्ने उनी बताउँछिन्।

यस पटक दशैँपछि तिहारको बेला पनि व्यापार बढ्ने उनको अनुमान छ। दुई वर्षदेखि दशैँमा किनमेल हुन नसकेकाले पनि यो वर्ष व्यापार बढेको हुनसक्ने शर्मा बताउँछन्। उनी भन्छन्, ‘अब कोरोनाको डर बिस्तारै हटेको छ। अघिल्लो वर्षको दशैँ मनाउनै पाइएन। त्यस कारण पनि मान्छे किनमेलमा निस्किएका छन्। अब व्यापार पुरानै अवस्थामा फर्किने आशा छ।’ 

खुला व्यापार हुने भृकुटीमन्डपबाहेक काठमाडौँका असन, रत्नपार्क, सुन्धारा, न्युरोडमा पनि भिडभाड बढेको छ। ललितपुरको बालकुमारी बस्ने चन्द्रिका तामाङ सानो बच्चा बोकेरै किनमेलको लागि असन आएकी छिन्। असनमा सामान सस्तो हुने र छनौट पनि गर्न पाइने उनी बताउँछिन्। तर, उनी कपडा किन्न भृकुटीमन्डप पनि पुग्छिन्।

उनले परिवारका सदस्यहरुका लागि लुगा किनिदिइन्। भृकुटीमन्डपमा सामान सस्तो पाइने उनी बताउँछिन्। ‘सबैले ठूला मलमा गएर सामान किन्न सक्दैनन्। त्यसैले हाम्रा लागि खुलाबजार नै किनमेल गर्ने उचित ठाउँ हो,’ उनी भन्छिन्।

उमेरले ६ दशक नाघिसकेका नारायण प्रसाईं दम्पती पनि कपडा किन्न काँडाघारीदेखि भृकुटीमन्डपस्थित खुलाबजार आएका छन्। अरु ठाउँभन्दा यहाँ सामान सस्तो पाइने प्रसाईं बताउँछन्। ‘यहाँ मोलमोलाई गर्न मिल्छ, रोजेको सामान पाइन्छ,’ उनी भन्छन्, ‘जता सस्तो सामान पाइन्छ ग्राहक त्यतै जाने हो, हामी पहिलादेखि नै किनमेलका लागि यहीँ आउछौँ।’

खुलाबजारमा भिडभाड बढेपछि व्यापारी उत्साही छन्। खोपको सहजतासँगै मान्छेमा डर पनि हराउँदै गएको उनीहरुको बुझाइ छ। अब चाडबाडपछि पनि बजार पहिलाको जस्तो नखस्कने उनीहरु आशा व्यक्त गर्छन्।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्