काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने कोसिस रहेको बताएका छन्। सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद् विस्तारको सम्भावना बताएका हुन्।
केही समययता उनले आजभोलि नै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आएका छन्। सोमबार पनि त्यही भनाइ दोहोर्यातएका हुन्। 'आजै शपथ ग्रहण गराउने भन्ने कोसिस अझै पनि छ', उनले भने, 'नभए पनि आज टुंग्याउने भन्ने भएकोले म छिटो जानुपर्ने छ।'
गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। तर, ६ जना सदस्यका साथ उनले सरकार चलाइरहेका छन्। मन्त्रिपरिषद्लाई पूर्णता नदिएकोमा उनको आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।