काठमाडौं- नेकपा (एमाले)का देशैभरका जनप्रतिनिधिहरुको राष्ट्रिय भेला आयोजना गरिएको छ। प्रथम विधान महाधिवेशनमा सहभागी हुन आएको अवसर पारेर एमालेले देशभरका जनप्रतिनिधिहरुको भेला आयोजना गरेको हो।
राष्ट्रिय सभागृहमा आयोजित भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। दिउँसो १ बजेपछि ओलीले भेलालाई सम्बोधन गर्न लागेका हुन्।
एमाले स्थानीय तह विभागको आयोजनामा भेला आयोजना गरिएको हो। भेलामा देशभर एमालेबाट निर्वाचित महानगर, नगर र गाउँपालिका तहका जनप्रतिनिधिहरु सहभागी रहेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिन छ महिना बाँकी रहेको अवस्थामा राष्ट्रिय भेलाको आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।