काठमाडौं– राष्ट्रिय सभाको आज (सोमबार)को बैठकमा पनि एमाले सांसदहरुले उभिएर विरोध जनाएका छन्।
बैठक सुरु हुनासाथ एमाले सांसद उभिएर विरोध गरेका हुन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक सुरु गर्दा एमाले सांसदले उठेर अवरोध गरेका थिए। अध्यक्ष तिमल्सिनाले एमाले सांसद पार्वती रावललाई बोल्न दिएका थिए।
रावलले सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई नहटाइएकोप्रति आपत्ति जनाइन्। एमाले सांसदले उठेर विरोध गर्दागर्दै सत्तारुढ दलका सांसद खिमलाल देवकोटालाई बोल्न समय दिएका थिए। अदालतमा विचाराधीन विषयलाई संसदमा उठाउन नपाइने बताए।
अदालतमा विचाराधीन मुद्दा राष्ट्रिय सभामा प्रवेश नपाएको अध्यक्ष तिमल्सिनाले स्पष्टीकरण दिए। बसेर संसदको काम कारबाही सञ्चालन गर्न अध्यक्षले गरेको आग्रहलाई एमाले सांसदले टेरेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।