काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले राष्ट्रिय सभामा प्रस्तुत गरेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको छ।
एमालेले कारबाही गर्न पत्राचार गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको भन्दै उनको विरोध गर्दै आएको छ।
सत्तारुढ दलका सांसद खिमलाल देवकोटाले एमाले सांसदका बोली अमर्यादित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे।
‘संसद् नियमावलीमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षप्रति यस्ता शब्द बोल्न बन्देज लगाएको छ,’ देवकोटाले एमाले सांसदलाई भने, ‘अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द गरिएको छ।’
एमाले सांसदले सदनको काम कारबाही सुरु हुनासाथ विरोध गर्दा अरु सांसदले बोल्न नपाएकोप्रति उनले आक्रोश व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।