काठमाडौं- सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न पुगेका छन्।
सोमबार विहान सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न गएको हो।
मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश राणाले पनि भागबण्डा मागेको समाचार सार्वजनिक भएसँगै सर्वोच्च बारका पदाधिकारी उनलाई भेट्न गएका हुन्।
छलफलमा कोटा मागेको, संवैधानिक इजलास लगायतका विषयमा छलफल हुने सर्वोच्च बारका एक पदाधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।