काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्।
आइतबार राति सम्पन्न खेलमा लिभरपुल र सिटीले २–२ गोलको बराबरी खेलेका हुन्। एनफिल्डमा भएको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ५९ औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता बनाएको थियो। खेलको ६९ औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
खेलको ७६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै पुनः लिभरपुललाई २–१ को अग्रता दिलाए।
खेलको ८१ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याएका थिए।
बराबरीसँगै लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
लिभरपुल ७ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। सिटी १४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।