काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलअन्तर्गत बायर्न म्युनिख पराजित भएको छ। सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न पराजित भएको हो।
आइतबार राति सम्पन्न खेलमा बायर्न फ्रान्कफर्टसँग २–१ गोल अन्तरले पराजित भएको हो। बायर्न घरेलु मैदानमै पराजित भएको हो। लिगको जारी सिजनमा यो बायर्नको पहिलो हार हो।
खेलको २९औं मिनेटमा लियोन गोरेटज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। तर, ३२ औं मिनेटमा मार्टिनले गोल गर्दै फ्रान्कफर्टलाई १–१ को बराबरीमा ल्याए।
त्यसपछि खेलको ८३ औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै फ्रान्कफर्टलाई २–१ को जित दिलाए।
यस जितसँगै १३ औं स्थानको फ्रान्कफर्टले ७ खेलमा ८ अंक जोडेको छ। पराजयपछि पनि बायर्न १६ अंकका साथ शीर्ष स्थानमा यथावत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।