काठमाडौं- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रममा फ्रान्सेली लिग १ को जारी सिजनमा पहिलो हार बेहोरेको छ। शनिबार सम्पन्न खेलमा घरेलु टोली रेनेससँग पीएसजी २-० ले पराजित भएको हो।
लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पे सम्मिलित आक्रमणले खेल अवधिभर थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन्।
खेलको ४५औं मिनेटमा गैतान लाबोर्डले रेनेसलाई अग्रता दिलाए। दोस्रो हाफको पहिलो मिनेटमा नै फ्लाभिएन टेटले गोल गर्दै अग्रता दोब्बर पारे। उनले लाबोर्डको पासमा गोल गरेका थिए।
दोस्रो हाफको ७०औं मिनेटमा एमबाप्पेले गोल गरेका थिए। तर, भीएआरले त्यसलाई मान्यता दिएन। थ्रु बलमा गोल गरेका उनलाई रिप्लेमा अफसाइड पोजिसनमा देखिएको थियो
यो हारसँगै पीएसजी ९ खेलमा २४ अंक जोड्दै शीर्षस्थानमा छ। दोस्रो स्थानको लेन्सले ९ खेलमा १८ अंक बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।