Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले विधान महाधिवेशनबाट १६ समसामयिक प्रस्ताव पारित [सूचीसहित]

64x64
नेपाल लाइभ आइतबार, असोज १७, २०७८  १९:५६
1140x725

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशन समाप्त भएको छ। शुक्रबारदेखि सुरु भएको महाधिवेशन आइतबार अध्यक्ष केपी शर्मा ओलीको समापन सम्बोधनसँगै सकिएको हो।

महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ। शुक्रबार प्रस्तुत ती प्रतिवेदनहरुमा उठेका प्रश्नको आइतबार जवाफ दिइए सँगै पारित गरिएको हो।

महाधिवेशनले समसामयिक प्रस्तावहरू पनि पारित गरेको छ। यी हुन् पारित प्रस्तावहरू :

१. यो महाधिवेशन राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणको आन्दोलन र क्रान्तिमा सङ्लग्न हुने क्रममा आफ्नो अमूल्य जीवन अर्पण गर्नु हुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आदर्शलाई निरन्तर अनुशरण गरिरहने सङ्कल्प गर्दछ।

२. यो महाधिवेशन पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका साथै पार्टीका पूर्व महासचिव तुलसीलाल अमात्य र नेपालको वाम–लोकतान्त्रिक आन्दोलन एवं महिला मुक्ति अभियानकी अग्रणी व्यक्तित्व सहाना प्रधान लगायत आन्दोलनका अग्रज कमरेडहरुप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धासुमन अर्पण गर्दछ। 

नवौं महाधिवेशन यता दिवंगत हुनुभएका केन्द्रीय सदस्य कमरेडहरु रामनाथ ढकाल, महिम सुब्बा लिम्बु, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागार्इँ र योगनारायण यादव तथा पार्टीका पूर्व स्थायी कमिटी सदस्य, लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारी, केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्ना एवं केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य जागृत भेटवाल, जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य माणिकलाल गौतम, वीरबहादुर सिंह, कमला सुवेदी, वीरबहादुर लामा, लोकप्रिय जनकलाकार जेबी टुहुरे लगायत यसबीचमा दिवंगत हुनुहुने कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

३. यो महाधिवेशन अनेकौं प्रतिकूलताका बीचमा पनि करिब साढे तीन वर्ष सरकारको नेतृत्व गरेर राजनीतिक द्वन्द्वहरुलाई अन्त्य गर्ने, संविधान र सङ्घीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमानलाई उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधार लगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्ने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा केपी शर्मा ओलीको नेतृत्वको पूर्ववर्ती सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ। अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनु परे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रुपान्तरणको अभियानलाई निरन्तरता दिने सङ्कल्प गर्दछ।

४. यो महाधिवेशन नेकपा (एमाले) लाई विभाजन गरी छाड्ने दूषित मनशायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्या र संवैधानिक अङ्गहरुका कतिपय मर्यादाबाहिरका काम र निर्णयका समेतका आधारमा नेकपा (एमाले) लाई विभाजन गराइएको घटनाप्रति क्षोभ प्रकट गर्दछ। भ्रमवस विभाजनको पक्षमा लागेका पार्टी कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले) लाई सुदृढ गर्ने र एकताबद्ध एमालेका नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन हार्दिक अपिल गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

५. यो महाधिवेशन वर्तमान गठबन्धन सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेर लाखौं सुकुम्बासी भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकहरुका अधिकार र अपेक्षामाथि घात गरेकोमा निन्दा गर्दै संविधानले व्यवस्था गरेको आवासको हक, भूमिहीन दलितहरुको जमिनको हक लगायत अधिकारको प्रत्याभूतिका लागि निरन्तर सङ्घर्षरत रहने सङ्कल्प गर्दछ।

६. यो महाधिवेशन २०७८ साउन १५ गते महाकाली नदी पार गर्ने क्रममा भारतीय सुरक्षाकर्मीहरुद्वारा तुइन चुँडाइएर दार्चुलाका जयसिंह धामी बेपत्ता पारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस क्रममा सरकारले देखाएको लाचारीप्रति खेद व्यक्त गर्दछ। अविलम्ब दोषीमाथि कार्बाही सुनिश्चित गर्न र पीडित परिवारलाई न्याय एवं राहत प्रदान गर्न माग गर्दछ।

७. हालै गठबन्धन सरकारले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी प्रतिस्थापन विधेयक मार्फत् आयकर ऐन, २०५८ मा संशोधन गरी ल्याएको प्रावधानभित्र सत्तास्वार्थका लागि अवैध स्रोतलाई चोख्याउने दुराशय निहित रहेको छ। यो महाधिवेशन यस्तो प्रावधानले नेपाल पक्ष रहेका सुशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धी र प्रतिबद्धताको उल्लङ्घन हुने, विश्व समुदायमाझ नेपालको विश्वसनीयतामाथि आँच पुग्ने एवं नेपालले अनपेक्षित समस्याहरुको सामना गर्नु पर्ने संभावना रहेकोप्रति गहिरो चासो व्यक्त गर्दछ। यस्तो गलत निर्णयलाई तत्काल सच्याउन माग गर्दछ।

८. वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पूर्ववर्ती सरकारले ल्याएका धेरै विकास निर्माणका परियोजना, जनताको हितसँग जोडिएका निर्णय एवं नियुक्तिहरुलाई उल्ट्याउँदै आफ्नो विकास विरोधी चेहरालाई उद्घाटित गरेको छ। यो महाधिवेशन सरकारको विकास विरोधी यस्ता निर्णय र कदमहरुप्रति गंभीर आपत्ति प्रकट गर्दछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

९. वर्तमान सत्ता गठबन्धनका कतिपय नेताहरुबाट व्यक्त नेकपा (एमाले) माथि आक्रमण गर्न दुरुत्साहित गर्ने खालका अभिव्यक्तिहरुप्रति महाधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ। महाधिवेशन सत्ता सञ्चालकहरुका यस्ता अभिव्यक्तिहरु अलोकतान्त्रिक, आपत्तिजनक र निन्दनीय रहेको यो महाधिवेशन ठहर गर्दछ।

१०. वर्तमान सरकारले गरेका कतिपय निर्णयहरुले दुई छिमेकीसँग सन्तुलित र विश्वासिलो सम्बन्ध राख्नु पर्ने राष्ट्रिय आवश्यकता र परराष्ट्र नीतिको मर्ममाथि आँच पुर्‍याएको ठहर गर्दै यो महाधिवेशन नेपालले छिमेकी लगायत सबै मित्र राष्ट्रहरुसँग नेपालको राष्ट्रिय हितमाथि आधारित स्वतन्त्र परराष्ट्र नीतिमा आधारित सन्तुलित, परिपक्व र विश्वासिलो सम्बन्ध राख्नु पर्ने आवश्यकतामा जोड दिन्छ।

११. नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका नेपाली भूभागमा रहेको वाहय अतिक्रणलाई समाप्त गरी ती भूभागमा नेपालको हकभोग कायम गर्नको लागि गम्भीर कूटनीतिक पहल र वार्ता गर्न यो महाधिवेशन नेपाल सरकारसँग माग गर्दछ। 

१२. यो महाधिवेशन आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरुमा पार्टीको विजय सु निश्चित गर्न र यसका लागि आवश्यक सङ्गठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरुलाई आह्वान गर्दछ।

१३. कोभिड महामारी आज विश्वकै चुनौतीमा रुपमा देखा परेको छ। नेपाललाई पनि यसले नराम्रो गरी प्रभावित गरेको छ। कोभिड महामारीको नियन्त्रणका लागि पूर्ववर्ती सरकारले गरेका खोप लगायत प्रबन्धहरुका कारण कोभिड क्रमशः नियन्त्रणमा आइरहेको यथार्थ हाम्रा सामु छ। यस सम्बन्धमा प्रदेश र स्थानीय सरकारहरुको भूमिका पनि महत्वपूर्ण रहेको छ। अग्रपङ्क्तिमा रहेर कोभिड विरुद्धको लडाईँको नेतृत्व गर्नु हुने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, एम्बुलेन्स चालकहरु, सफाइकर्मी र शव व्यवस्थापनमा सङ्लग्नहरुको योगदानको उच्च प्रशंसा गर्दै यो महाधिवेशन अझै पनि महामारीको जोखिम कायमै रहेको कुरालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालनाका लागि सबैसँग आग्रह गर्दछ।

१४. यो महाधिवेशन विभिन्न रुपमा जारी रहेका महिला विरुद्धका हिंसाका घटनाप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्दै यस खालका अपराधका विरुद्ध आवश्यक जागरण, सजगता र दबाबका लागि भूमिका खेल्न पार्टी पङ्क्तिलाई आह्वान गर्दछ। यस्ता अपराधमा सङ्लग्नहरुलाई कडा कानुनी कार्बाहीको माग गर्दछ।

१५. यो महाधिवेशन नजिक आइरहेका सांस्कृतिक पर्वहरु– बडा दशैं, तिहार, नेपाल सम्बत् ११४२ तथा छठ लगायतको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुस्वास्थ्य, शान्ति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।

१६. यस महाधिवेशनलाई भव्य रुपमा सफल पार्न पुर्‍याउनु भएको योगदानका लागि ललितपुर जिल्ला कमिटी र मातहत कमिटीहरु, जिल्लाका जनप्रतिनिधिहरु, गोदावरी नगरपालिका, स्थानीय बासिन्दा, सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकर्मी, प्राविधिक मित्रहरु, भान्सा र आवासमा सहयोग पुर्‍याउने साथीहरु, सवारी चालकहरु सबैलाई धन्यवाद ज्ञापन गर्दछ। महाधिवेशनको सुव्यवस्थाका लागि अहोरात्र खट्ने स्वयंसेवकहरुको उच्च प्रशंसा गर्दछ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्