काठमाडौं- नेकपा एमालेले आफ्नो दशौं महाधिवेशन बुटवलमा गर्ने भएको छ।
आइतबार प्रथम विधान महाधिवेशनको समापन सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका हुन्।
'महाधिवेशन बुटवलमा गर्नेछौं', ओलीले भने, 'अत्यन्तै भव्यताका साथ।'
यसअघि एमालेले आठौं महाधिवेशन पनि बुटवलमै गरेको थियो।
एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय भएको छ।
यसैबीच, एमाले अध्यक्ष ओलीले तीन नारा लगाउदै तीन दिनसम्म चलेको विधान महाधिवेशन सम्पन्न भएको घोषणा गरेका छन्। उनले समापन कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको एकता अमर रहोस्, अमर सहिदहरु लाल सलाम र नेकपा एमाले जिन्दावादको नारा लगाए।
गोदावरीमा चलेको महाधिवेशनपछि अब पदाधिकारी चयनको महाविधेशन बुटवलमा हुनेछ। गोदावरीमा भएको विधान महाधिवेशनमा देशभरबाट एमाले नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।