काठमाडौं– असोज २६ गते प्रदर्शन हुने भनिएको फिल्म ‘डाँडाको बर पीपल’को ट्रेलर सार्वजनिक भएको छ। शोभित बस्नेतले निर्देशन गरेको फिल्मको ट्रेलर आइतबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो।
बस्नेतले निर्देशन गरेको फिल्ममा उनका छोरा सलोन बस्नेत, शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, रुविना थापालगायतको अभिनय छ। फिल्ममा जातका कारण प्रेममा पर्ने असरलाई देखाइएको छ।
फिल्मको ट्रेलर हेर्दा परम्परागत सुत्रमै आधारित रहेर प्रेम, द्वन्द्व, गीत/संगीतलगायतको सेरोफेरोमै फिल्म निर्माण भएको देखिन्छ।
बुढासुब्बा म्युजिकको ब्यानरमा बनेको फिल्मलाई नवराज गिरीले निर्माण गरेका छन्। नवराज गिरीकै कथामा रामकाजी घिमिरेले पटकथा लेखेको फिल्ममा शिव मुखिया र एलिसा कार्कीको संगीत रहेको छ भने यसलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।