काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भूकम्पबाट क्षति भएको रानीपोखरी र धरहरा पुनर्निर्माण गर्दा विपक्षीहरू आत्तिएको टिप्पणी गरेका छन्।
एमालेको जारी विधान महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसलाई बेकारको आलोचना भने।
उनले उत्तरतर्फबाट पारवाहन र यातायातको सम्झौता गरेपछि नेतृत्वलाई खुइल्याउने कोसिस भएको दाबी पनि गरे। आफू नेतृत्वको सरकारले पूर्वाधार, मानवीय संसाधान विकासमा असाधारण विकास गरेको भन्दै उनले मानव अधिकारको सन्दर्भमा पनि काम गरेको दाबी गरे।
उनले सडक बालबालिका उद्दार गर्नेदेखि ज्येष्ठ नागरिकका लागि पनि व्यवस्था गरेको उल्लेख गरे। ओलीले वाइडबडी जहाज प्रकरणमा समेत आफू नेतृत्वको सरकारलाई अनावश्यक मुछिएको बताए।
‘अर्काको समयमा ल्याइन्छ। अनि खै किन वाइडबडी भनिन्छ’, उनले भने ‘महामारी छ, त्यस्तो बेला औषधि ल्याउनु परेको छ। मान्छेहरू ओम्नी ओम्नी भन्छन्। मैले अख्तियार र संसदीय समितिलाई ओम्नीमाथि छानबिन गर भनेको थिएँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।