काठमाडौं– मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता कात्तिक पहिलो साताबाट सुरू हुने भएको छ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा हुने प्रतियोगिता कात्तिक ६ देखि १६ गतेसम्म हुन लागेको हो।
प्रतियोगितामा १० देखि १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सेमिफाइनलसम्मको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ।
प्रतियोगितामा ३ जना ३५ वर्षमाथिको राख्नुपर्ने छ भने बाँकी खेलाडी ४० वर्ष माथिको हुनुपर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।