अखिल (क्रान्तिकारी)को नेतृत्व पाएपछि पञ्चा सिंह।
काठमाडौं- नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पञ्चा सिंह चयन भएकी छन्।
धेरै आकांक्षी देखिएपछि पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाएका हुन्।
अध्यक्ष पदका अन्य पाँच जना आकांक्षीलाई भने पार्टीको केन्द्रीय सदस्य बनाइएको छ। आजैदेखि लागू हुने गरी सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र रञ्जित तामाङलाई केन्द्रीय सदस्य बनाइएको हो।
नेतृत्वको आकांक्षी धेरै देखिएपछि पार्टीले उनीहरुलाई केन्द्रमा जिम्मेवारी दिएर मिलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।