फाइल तस्बिर
गोदावरी– नेकपा एमालेको विधान महाधिवेशन जारी रहेकै बेला स्थायी कमिटी बैठक सुरु भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनका समयमा आएका सुझावलगायत विषयमा छलफल गर्न बैठक राखेका हुन्।
विधान महाधिवेशनको सत्र सञ्चालन गर्न सुवास नेम्वाङलाई राखेर अहिले विष्णु पौडेलले जवाफ दिइरहेका छन्।
प्रदीप ज्ञवाली कार्यक्रम सञ्चालन गरिरहेकाले तीन जना बाहेकका अन्य सबै स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।