काठमाडौं- ललितपुरको गोदावरीस्थित सनइराइज सम्मेलन केन्द्रमा तीनदेखि नेकपा एमालेको विधान महाधिवेशन जारी छ।
विभिन्न १० समूह बनाएर अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदन/प्रस्तावमाथि छलफल गरिएको थियो। दशवटै समूहका तर्फबाट रिपोर्टिङ भइसकेको छ। अब अध्यक्ष, महासचिव र उपमहासचिवले जवाफ पेस गर्नेछन्।
महाधिवेशन आइतबार समापन गरिनेछ। महाधिवेशनको अन्तिम दिन गोदावरीमा सुदूरपश्चिमका नेता/कार्यकर्ताले देउडा खेलेका छन्। उनीहरूले देउडामार्फत् एमाले एकतामा जोड दिएका छन्।

उनीहरूले कम्युनिस्टमा टुटफुटले पार्टी कमजोर बनाएको बताए। विदेशी चलखेल र पार्टीभित्रकै कारणले विभाजन भएको गीतमार्फत् उल्लेख गरे।
कम्युनिस्ट पार्टी फुट्न समय नलाग्ने तर जोडिन समय लाग्ने बताए। उनीहरूले गीतमार्फत् एमाले आउँदो चुनावसम्म एक हुने पनि बताए। सुदूरपश्चिममा महिला र पुरुष अलग अलग समूह भएर देउडा खेल्ने प्रचलन छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।